उपसभामुखमा रूबी ठाकुरलाई मतदान गर्ने रास्वपाको निर्णय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको रास्वपा प्रवक्ता मनिष झाले जनाएका छन् ।

आजै अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट उपसभामुख चयन गरिनेछ ।

प्रकाशित मिति : चैत्र २७, २०८२ शुक्रबार  २ : ०३ बजे