सरकारले संविधान तलमाथि गर्न खोजे सदन र सडकबाट प्रतिवाद गर्छौं : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी भए प्रतिवाद हुने चेतावनी दिएका छन् ।

सरकारले संविधान संशोधनका लागि पहल अघि बढाइरहेका बेला उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारहरूमाथि संविधान संशोधन गरेर छेडखानी गरे सदन र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिए।

अखिल नेपाल महिला सङ्घ ९क्रान्तिकारी० सम्पर्क समन्वय प्रदेशद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा आयोजित क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले जनताका अधिकार खोसिए सह्य नहुने दाबि गरे ।

संयोजक दाहालले वर्तमान सरकार ९राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको० ले रचनात्मक काम गरे आफूहरूको सकारात्मक सहयोग रहने बताए ।

प्रकाशित मिति : चैत्र २८, २०८२ शनिबार  ७ : ०६ बजे