कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सूरु भएको हो।

पार्टी सभापति गगन थापाको अध्यक्षतामा बुधवार बसेको बैठकमा समसामयिक राजनीतिक मुद्दादेखि संगठनात्मक पुनर्संरचनासम्मका विषयमा छलफल भइरहेको छ ।

बैठकमा वरिष्ठ अधिवक्ता यदुनाथ खनालले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथिको अध्ययन प्रतिवेदन पेश गरेको काँग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख २, २०८३ बुधबार  ३ : २५ बजे