नेपाल र युएईबीचको दोस्रो खेल आज हुँदै



काठमाडौँ । नेपाल र युएईबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुँदैछ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने यो खेल साँझ ५ बजेदेखि शुरु हुनेछ ।

सिरिजको पहिलो खेल युएईले जितेर सिरिजमा १-० को अग्रता बनाएको छ ।

यस सिरिजका लागि नेपाल क्रिकेट संघले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम खेलाउँदैछ ।

जसमा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन् ।

त्यस्तै वैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान रहेका छन् ।

नेपालले पहिलो पटक टी-२० र एकदिवसीय क्रिकेटमा अलग अलग कप्तानको अभ्यास गरेको छ ।

पहिलो पटक रोहित पौडेल, सोमपाल कामी, करण केसी लगायतका खेलाडी टी(२० टिमबाट बाहिर रहेका छन् ।

प्रकाशित मिति : बैशाख ८, २०८३ मंगलबार  १० : ५५ बजे