काठमाडौँ । महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर भएको तीन वटा रिटमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
आज न्यायाधीश कुमार रेग्मीको इजलासमा रिट सुनुवाइका लागि पेसी तोकिएको हो ।
अधिवक्ताहरू माधवकुमार बस्नेत, दीपकराज जोशीसहित ४ जना र शिवराज बरालले महान्यायाधिवक्ताको योग्यता माथि प्रश्न उठाउँदै बुधबार रिट दर्ता गरेका छन् ।
यसअघि अधिवक्ता माधवकुमार बस्नेतले पेस भएको रिट सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले कँडेललाई यही चैत २२ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । रिटमा कडेलको संवैधानिक योग्यतामाथि प्रश्न उठाइएको छ ।














