शेखर गोल्छामाथि अनुसन्धान गर्न अदालतले दियो थप चार दिनको म्याद



काठमाडौं । उद्योगी शेखर गोल्छाविरुद्ध अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई चार दिनको म्याद दिएको छ ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले अदालतबाट थुनामा राख्न चार दिनको म्याद दिइएको जानकारी दिए ।

धितोपत्रसम्बन्धी ऐन, ०६३ अन्तर्गतको कसुरमा गोल्छा चैत १० गते बिहीबार नक्सालबाट पक्राउ परेका थिए ।

गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् ।

प्रकाशित मिति : बैशाख ११, २०८३ शुक्रबार  ७ : ०७ बजे