रातो मत्स्येन्द्रनाथको रथ आज लगनखेल लगिँदै



काठमाडौं । ललितपुरको प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथ यात्रा उत्साहपूर्वक जारी छ ।

शनिवार रथलाई सुन्धाराबाट तानेर चक्रबहिल पुर्याइएको छ ।

आईतवारको कार्यक्रमअनुसार रथलाई चक्रबहिलबाट लगनखेलतर्फ लगिनेछ । जात्रामा सहभागी हुन ललितपुर र आसपासका क्षेत्रबाट ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति रहेको छ ।

वर्षा र सहकालका देवताको रूपमा पुजिने मत्स्येन्द्रनाथको यो जात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । रातो मत्स्येन्द्रनाथको जात्रा नेपालको सबैभन्दा लामो र महत्वपूर्ण सांस्कृतिक उत्सवमध्ये एक हो । रातो मत्स्येन्द्रनाथको जात्राको शुरुवात लिच्छविकालीन राजा नरेन्द्रदेवको पालामा भएको मानिन्छ ।

प्रकाशित मिति : बैशाख १३, २०८३ आईतबार  १० : ३८ बजे