सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त



काठमाडौं । सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षकमा नियुक्त गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका हून् ।

उनकाअनुसार बैठकले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिष्पर्धा गर्नेगरी सूचीकृत गर्ने निर्णय पनि गरेको छ । उनले व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्न दिने निर्णय गरेको जानकारी दिए ।

प्रकाशित मिति : बैशाख १४, २०८३ सोमबार  ४ : १७ बजे