काठमाडौं । सरकारले थप तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार, बुधबार थप तीन वटा अध्यादेश जारी गर्न सरकारले सिफारिस गरेको हो ।
विश्वविद्यालय, स्वास्थ्य र केही नेपाल ऐन संशोधन गर्न बनेका अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस भएको हो ।
यसअघि सरकारले सोमबार संवैधानिक परिषदको काम कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्ने दुई वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष पेश गरेको थियो।














