अमेरिकी विशेष दूत सर्गियो गोर आज काठमाडौं आउँदै



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर आज साँझ काठमाडौं आइपुग्दैछन्।

११ दिनअघि दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुर तीन दिने नेपाल भ्रमण सकेर फर्केपछि गोर नेपाल आउन लागेका हुन् ।

पहिलोपटक काठमाडौं आउन लागेका गोरको नेपाल भ्रमण मुख्यत व्यवसाय, लगानी र दुई देशका सरकारबीच सम्बन्ध विस्तार लगायतका विषयमा केन्द्रित हुने स्रातले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १७, २०८३ बिहीबार  १० : २५ बजे