काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले युएईलाई ६ रनले पराजित गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेटको क्षतिमा २८९ रन बनाएको थियो।
वर्षाको कारण खेल प्रभावित भएपछि युएईले ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको थियो।
युएईले निर्धारित ओभरमा ८ विकेट गुमाएर २४८ रन मात्र बनायो।
नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ९४ बलमा सर्वाधिक १०० रन बनाए।
विनोद भण्डारीले ५६, गुल्सन झाले ४४, कप्तान रोहित पौडेलले ३९, अर्जुन कुमालले ११ र आरिफ शेखले ११ रन बनाए।
युएईका लागि अजय कुमार र जुनिद सिद्धिके २र२ विकेट लिए। हेडर अलि र खुजीमा तानभिरले समान १र१ विकेट लिए।
युएईका लागि मोहमद सहददले ७२ बलमा ६५, खुजीमा तानभिरले २६ बलमा ४९, हर्पित सिंहले ४० बलमा ४१, आकाशदीप नाथले ३२ बलमा ३६, आर्यान्स शर्माले ३२ बलमा ३३, मोहमद जुहेबले १० बलमा १, मोहमद असिमले ४ बलमा १, अदिप उस्मानीले १३ बलमा १४ रन बनाए। जुनिद सिद्धिके डक आउट भए।
सन्दीप लामिछानेले ३, सोमपाल कामीले २ र नन्दन यादवले २ विकेट लिए।














