कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो १ बजे बैठक बस्ने तय भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

बैठकमा असन्तुष्ट देखिएका पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका नेताहरुसँग छलफल र सम्वादबारे पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : बैशाख २१, २०८३ सोमबार  ९ : ५२ बजे