कांग्रेस सांसद्हरूलाई सभापति थापाले प्रशिक्षण दिने



काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका तर्फबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्रशिक्षण दिने भएका छन् ।

बुधबार बस्न लागेको संसदीय दलको बैठकमा सांसदहरूलाई संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशक्षिण दिन लागेको दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए ।

बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : बैशाख २३, २०८३ बुधबार  ११ : २० बजे