काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले साँझ ५ बजे बस्ने गरी बैठक आह्वान गरेका छन् ।
बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुनमन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीमराज आङ्देम्बे र उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ।
बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको सचिवालयले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेसँगै यो बैठक बस्न लागेको हो।














