पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता



काठमाडौं । पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धानले तत्कालीन अर्थमन्त्री कार्की र सचिवसहित १४ जना विरुद्ध मुद्दा दायर भएको हो ।

विमानास्थल निर्माणको भन्सार छुटमा भ्रष्टाचार भएको दाबी गर्दै पूर्वमन्त्री कार्कीसहित तत्कालीन सचिव महेशश्वर न्यौपाने, सहसचिवलगायत १४ प्रतिवादीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।३ अर्ब ६२ करोड ५ लाख २२ हजार १ सय ६० रुपैयाँ जनही बिगो कायम गरेर मुद्दा दायर गरिएको हो।

प्रकाशित मिति : बैशाख २४, २०८३ बिहीबार  ४ : ५४ बजे