डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस



काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । संवैधानिक न्यायपरिषद्को बिहीबारको बैठकले प्रधानन्यायाधीशमा शर्मालाइ सिफारिस गरेको हो ।

संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेमा उनी ३३ औं प्रधानन्यायाधीश बन्नेछन् ।

प्रकाशमानसिंह राउत गत चैत १८ गतेदेखि अवकाशमा गएसँगै प्रधानन्यायाधीश रिक्त थियो ।

प्रधानन्यायाधीश रिक्त भएसँगै न्याय परिषद्ले योग्यता पुगेका ६ न्यायाधीशको नाम प्रधानन्यायाधीशका लागि संवैधानिक परिषदमा सिफारिस गरेको थियो ।

न्याय परिषद्ले चौथो क्रममा सिफारिस गरेका न्यायाधीश डा. मनोज शर्मा अब देशको ३३ औं प्रधानन्यायाधीश बन्नेछन् ।

प्रकाशित मिति : बैशाख २४, २०८३ बिहीबार  ७ : ३४ बजे