विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले विभिन्न देशमा रहेका १५ जना अवैतनिक दुतहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

शुक्रवार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । विभिन्न देशमा रहेका अवैतनिक दुतहरुलाई फिर्ता बोलाउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

त्यसैगरी बैठकले यही वैशाख २८ गते सोमबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्र रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी बैठकमा अनिवार्य रुपमा उपस्थित हुनका लागि सांसदहरुलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताए।

प्रकाशित मिति : बैशाख २५, २०८३ शुक्रबार  १ : ०२ बजे