काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना संघीय सांसदहरूका लागि आजदेखि संसदीय अभ्यास तथा नेतृत्व विकाससम्बन्धी दुई दिने प्रशिक्षण दिदैछ ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार आज र भोली हुने सक्षम सांसद, सशक्त संसद् संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण स्टाफ कलेज जाउलाखेलमा आयोजना हुन लागेको हो ।
यसअघि चैत ३ र ४ गते रास्वपाले ललितपुरस्थित ग्वार्कोमा जनप्रतिनिधिलाई आवासीय प्रशिक्षण कार्यक्रम राखेको थियो ।














