काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ।
पार्टीको सांगठनिक गतिविधि र आन्तरिक व्यवस्थापनका विषयमा महत्त्वपूर्ण निर्णय लिनका लागि यो बैठक आह्वान गरिएको हो।
बैठक आज साँझ ६ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा बस्ने तय भएको छ। पार्टी स्रोतका अनुसार यस बैठकमा आगामी भेला तथा अधिवेशनको विशेष समयतालिका, विभिन्न आयोग र विभागहरूमा पदाधिकारीहरूको मनोनयनका विषयमा गम्भीर छलफल हुनेछ।
त्यसैगरी, बैठकमा कतिपय जिल्ला समितिहरू विघटन गर्ने र नयाँ संरचना निर्माण गर्ने सम्बन्धमा पनि कार्यसूची तय गरिएको छ।














