काठमाडौ. । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारले गरिब नागरिकलाई सबैभन्दा बढि पीडा दिएको आरोप लगाएका छन ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हून् ।
संयोजक दाहालले श्रमजीवि वर्गमाथि सबैभन्दो ठूलो आहात दिने काम सरकारबाट भएकाले पनि नेपालका कम्युनिष्ट पार्टीहरुले वर्गीय पक्षधरताको पक्षमा दृढतापूर्वक उभिएर काम गर्नुपर्ने बेला आएको बताए ।
संयोजक दाहालले भने,अहिले सरकारको तर्फबाट सबभन्दा गरिवहरुमाथि, निमुखाहरुमाथि नै सबभन्दा बढी आहात, पीडा दिने कोशिस भएको छ । सबभन्दा गरिव, जसको हामी वर्गं आधार भन्ने गर्दछौँ । त्यही वर्गंमाथि प्रहार भएको छ । हामीले यो बीचमा वैचारिक ढंगले र आफनो वर्गं आधारलाई दह्रोसँग समात्नुपर्नेमा कमजोरी भएको छ । हाम्रो वर्गीय पक्षधरतामाथि आक्रमण गरेर नेपालमा कम्युनिष्टहरुलाई सिध्याउने देशीविदेशी प्रतिक्रियावादीहरु लागेका छन् । त्यसकारण हामीले वर्ग संघर्षलाई माथि उठाउन सबै कम्युनिष्टहरुबीच एकता गरेर अघि बढ्नुपर्नेछ ।’
उनले कम्युनिष्टहरुबीचको एकताले मात्रै वर्ग संघर्षलाई माथि उठाउन सकिने भएकाले सो काममा नेपालका कम्युनिष्ट पार्टीहरु एकतावद्ध भएर लाग्नुपर्ने आवश्यकता भएको पनि बताए ।














