प्रधानमन्त्री नआएपछि कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था समिति बैठक



काठमाडौं । प्रधानमन्त्री बालेन शाह राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रोपटक पनि अनुपस्थित भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ ।

गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री बालेनसँग सुकुमवासी बस्ती खाली गराइएको, सुरक्षा प्रशासन लगायतका विषयमा जवाफ माग्नुपर्ने भए पनि उनी बैठकमा सहभागी नभएको भन्दै कांग्रेसले बैठक बहिष्कार गरेको हो ।

समितिमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई, तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव छन्।

उनीहरू सोमबार ११ बजे बोलाएको बैठकमा अनुपस्थित रहेको संसदीय दल नेता आङ्देम्बेको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : बैशाख २८, २०८३ सोमबार  १ : १६ बजे