काठमाडौं । सरकारले नापी र मालपोत सेवालाई एकीकरण गरी सो सेवालाई स्थानीय तहसम्म विस्तार गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमवार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हून् ।
उनले जग्गा प्रशासन सेवा चरणवद्ध रुपमा स्थानीय तहमा विस्तार गर्ने योजना रहेको बताए ।
‘नापी र मालपोत सेवालाई एकीकरण गरी जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा सबै स्थानीय तहमा विस्तार गरिने भएको छ । आधुनिक प्रविधिबाट भूमिको नाप नक्सा गरी अभिलेख अद्यावधिक गर्ने प्रक्रिया अघि बढाइनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।
राष्ट्रपति पौडेलले आधुनिक प्रविधिबाट भूमिको नाप नक्शा गरी अभिलेख अध्यावधिक गर्ने प्रक्रिया अघि बढाइने समेत बताए ।














