विश्वकप लिग-२: नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै स्कटल्यान्ड



काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत आजबाट सुरु भएको नेपाल, अमेरिका र स्कटल्यान्ड सिरिजको पहिलो खेलमा नेपाल विरुद्ध स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर ब्याटिङको निर्णय लिएका हुन् ।

दुवै टोली जितका साथ शृंखलाको सुरुआत गर्ने लक्ष्यमा छन् । नेपाल र स्कटल्यान्डबीच हालसम्म १० एक दिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् ।

प्रकाशित मिति : बैशाख २९, २०८३ मंगलबार  १० : १९ बजे