काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था देशका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्।
मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता आङदेम्बेले यस्तो बताएका हून् ।
‘सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने दुर्भाग्य हाम्रा लागि सुखद लागिरहेको छैन । कांग्रेस लोकतन्त्रलाई विश्वास गर्ने पार्टी हो। लोकतन्त्र बन्द कोठाको शासन होइन। सुकुम्बासी समस्याको शीघ्र समाधान होस्। मानवीय संवेदनाको आत्मसम्मान कुल्चिएको छ’ ,उनले भने ।
आङ्देम्बेले संसदमा बोल्दै लोकतन्त्र बन्द कोठाको शासन नभएको उल्लेख गर्दै सरकार जनउत्तरदायी हुनुपर्नेमा जोड दिए।














