२९ वैशाख, काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका हुन् ।
सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा उनलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई सचिव पदबाट हटाइएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।















