संघीय सरकारका मन्त्रालयहरूको संख्या घटाइयो,अब १८ वटा मात्रै रहने



काठमाडौं । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २२ वटा रहेकोमा सरकारले कार्यविभाजन नियमावलीमार्फत मन्त्रालयको संख्या घटाएको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । जस अनुसार, अब प्रधानमन्त्री कार्यालयसहित १८ वटा मन्त्रालय कायम हुने भएको हो ।

प्रकाशित मिति : बैशाख ३०, २०८३ बुधबार  १२ : ५२ बजे