सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनैपर्छः भिष्मराज आङदेम्बे



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र साहको उपस्थिति हुनै पर्ने बताएका छन् ।

बुधवार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको उपस्थितिका लागि सभामुख डिपि अर्यालको ध्यानाकर्षण पनि गराए।

नेता आङदेम्बेले आफूले प्रधानमन्त्री विरामी भएको भए त्यसको जानकारी गराउन सभामुख अर्याललाई गरिएको आग्रह बेवास्ता गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।

प्रकाशित मिति : बैशाख ३०, २०८३ बुधबार  ३ : २९ बजे