ऐन महरको प्रश्न– प्रधानमन्त्रीले बालेनतन्त्रको विकास गर्न खोजेको हो ?



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रधानमन्त्री बालेन्द्र साहले संसद र संविधानको अवमूल्यन गरेको आरोप लगाएको छ ।

प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारले लोकतान्त्रिक शासन प्रणालीभन्दा फरक अभ्यास गर्न खोजेको हो कि भन्ने प्रश्न उठेको बताए।

उनले संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिष्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको स्मरण गराए ।

“अहिलेको सरकारले कुन शासन प्रणाली अवलम्बन गरिरहेको छ?” उनले प्रश्न गर्दै भने, “प्रधानमन्त्रीले लोकतन्त्रलाई भन्दा पनि कतै ‘बालेन तन्त्र’ पो विकास गर्न लाग्नुभएको हो कि भन्ने आम जिज्ञासा र प्रश्न उठेको छ।”

प्रकाशित मिति : बैशाख ३१, २०८३ बिहीबार  १२ : २९ बजे