सार्वजनिक खरिदको वेबसाइट ह्याक प्रकरण : विक्रम पाण्डेलाई चार लाख धरौटीमा रिहा गर्न आदेश



काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको अभियोगमा पक्राउ गरेका कालिका कन्ट्रक्सनका प्रमुख विक्रम पाण्डेलाई चार लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौँका मुख्य न्यायाधीश चुरामन खड्काको इजलासले कर्मचारी र विभिन्न निर्माण कम्पनीका सञ्चालकसहित २२ जनाविरुद्ध दायर भएका मुद्दामा १२ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

१० जनालाई भने पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला अदालत काठमाडौँले जनाएको छ।

प्रकाशित मिति : बैशाख ३१, २०८३ बिहीबार  ८ : ०३ बजे