कांग्रेस सभापति थापाको प्रश्न : मन्त्रीलाई मन लाग्दैमा प्रहरी लगाएर उठाउने ?



पोखरा । नेपाली कांग्रेस सभापति गगन थापाले सरकारले निजी क्षेत्रमाथि गरेको व्यवहारप्रति आपत्ति जनाएका छन्।

नीति तथा प्रशिक्षण विभागले गण्डकी प्रदेशमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।

उनले एउटा मन्त्रीलाई मन लाग्दैमा प्रहरी लगाएर उठाउने काम गलत भएको बताए । उनले राज्यले यसरी लहड र सनकका आधारमा निजी क्षेत्रमाथि व्यवहार गर्दै गयो भने अर्थतन्त्र जर्जर बनेको अवस्थामा ठूलो मूल्य चुकाउनुपर्ने सभापति थापाले दाबी गरे ।

‘निजी क्षेत्रमा गलत काम भएको भए दण्ड पाउनुपर्छ,यसमा कांग्रेस चुँइक्क पनि बोल्दैन’, उनले भने, ‘तर अनावश्यक रुपमा व्यवसायीलाई दुःख दिने काम राज्यबाट भइरहेमा हामी बोल्नुपर्छ, बोल्ने हो। सरकारलाई सम्झाउनुपर्छ ।’

प्रकाशित मिति : बैशाख ३१, २०८३ बिहीबार  ८ : १४ बजे