काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को राजीनामा माग गरेका छन्।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद साम्पाङले प्रधानमन्त्रीले संसदको अपमान गरेको र संसदीय परम्पराको बेवास्ता गरेको भन्दै पदबाट राजीनामा दिनुपर्ने माग गरेका हुन्।
उनले भनेका छन् ‘आजका मितिसम्म संसदमा कुनै पनि बैठकमा जनतालाई सम्बोधन नगर्नुले प्रधानमन्त्री वालेन्द्र शाहले संसदलाई अपमान गरेको, संसदमार्फत् सारा नेपाली जनताको लोकतन्त्रप्रतिको विश्वासलाई लत्याएको प्रमाणित हुन्छ। संसदमा मर्यादा र थिति बसाउन नसक्ने प्रधानमन्त्री असक्षम र असफल भएको देखिन्छ ! यो घटनाले संसदीय अभ्यासको इतिहासमा कालो धब्बा लगाएको छ ।,’
‘कर्तव्य पूरा नगर्दा अधिकार प्राप्त नहुने हुँदा न्यूनतम कर्तव्य समेत पूरा नगरेको कारण नैतिकताको आधारमा पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्दा लोकतन्त्र सम्मानित हुने देखिन्छ,विज्ञप्तिमा भनिएको छ।















