काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डोनल्ड ट्रम्पले चीन भ्रमणका क्रममा भव्य स्वागत पाएका छन् । भ्रमणको अन्त्यतिर आईपुग्दा राष्ट्रपति ट्रम्पले होर्मुज जलमार्ग खुलाउन चीनले प्रस्ताव गरेको दाबी गरेका छन्। यद्यपि चीनले यसको पुष्टि गरेको छैन।
ट्रम्पको चीन भ्रमण अन्तिम दिनमा प्रवेश गर्दा दुवै पक्षले भ्रमणका क्रममा हालसम्म भएका कुराबारे भिन्दाभिन्दै भाष्य सार्वजनिक गरेका छन्।
डोनल्ड ट्रम्पको भव्य स्वागत र उनीसँग राष्ट्रपति सी जिन्पिङले गरेको वार्तापछि चिनियाँ सरकारी सञ्चारमाध्यमले ताइवान मुद्दाले दुई देशलाई द्वन्द्वमा तान्न सक्ने चेतावनी दिएको उल्लेख गरेका छन्।
त्यसपछि ट्रम्पले इरान युद्धसँगै हाल बन्द रहेको होर्मुज जलमार्ग खुला गराउने सहमतिका लागि सहयोग गर्ने प्रस्ताव सीले गरेका ट्रम्पले फक्स न्यूजलाई बताए।
त्यति धेरै मात्रामा उनीहरूसँग तेल खरिद गर्नेको निश्चित रूपमा विशेष सम्बन्ध होला, तर उहाँले म कुनै प्रकारको सहयोग गर्न सके खुशी हुने छुु भनेर भन्नुभयो। उहाँ होर्मुज जलमार्ग खुला भएको देख्न चाहनुहुन्छ, ट्रम्पले भने।
बोइङका २०० वटा हवाईजहाजहरू खरिद गर्न पनि चीन सहमत भएको ट्रम्पको दाबी छ।
चीनले गर्ने भनिएको जहाज खरिदलाई ट्रम्पले एउटा प्रतिबद्धताका रूपमा अर्थ्याएका छन्।दुई सय जहाज भनेको ठूलो कुरा हो। त्यो भनेको धेरै जागिर सिर्जना हुनु हो। बोइङले १५० वटा भन्दै थियो, तर उनीहरूले त २०० वटा भने, ट्रम्पले भने।
संयुक्त राज्य अमेरिकाले संसारकै सबैभन्दा ठूलो सेनाू बनाएको ट्रम्पले दाबी समेत गरे।
हामीले यो कुरा भेनेजुएलामा प्रमाणित गरिसक्यौँ। इरानमा प्रमाणित गरिसक्यौँ, सैनिक दृष्टिकोणले इरान पूर्ण रूपमा सकिइसकेको छ, ट्रम्पले अगाडि थपे, यो सब समयको कुरा हो।
अमेरिकाले इरान युद्धमा जित हासिल गरेको भनी दाबी यसअघि पनि ट्रम्पले गरिसकेका छन्।
राष्ट्रपतिद्वय सी र ट्रम्पबीच शुक्रवार पनि बेइजिङमा थप बैठक हुने अपेक्षा गरिएको छ।
बीबीसीकी एशिया व्यापार संवाददाता सुरन्जना तिवारीका अनुसार बिहीवारको समारोह भव्य देखिए पनि नतिजा चाहिँ त्यस्तो देखिएन।
गत अक्टोबर महिनामा सहमति जनाइएको व्यापार सम्झौताको निरन्तरताको सङ्केत दुवै पक्षले गरेका छन्।
उक्त सहमतिअन्तर्गत वाशिङ्टनले कडा ट्यारिफ रोक्यो भने बेइजिङले दुर्लभ धातुको निर्यातमाथि लगाएको प्रतिबन्ध खुकुलो पार्यो।
दुवै नेता एउटा नयाँ व्यापार बोर्ड गठन गर्न सहमत भएका ह्वाइट हाउसले जनाएको छ। उक्त संयन्त्रले भविष्यमा दुई देशबीचको व्यापार सम्बन्धलाई सहज बनाउने विश्वास लिइएको छ।बीबीसी रिपोर्टमा आधारित














