कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन्।

सभापति गगनकुमार थापाले श्रेष्ठलाई कोषाध्यक्षमा मनोनीत गरेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

सभापति थापाले विधानको धारा २१ को उपधारा (४) बमोजिम श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेको उनले जानकारी दिए।

प्रकाशित मिति : जेष्ठ १, २०८३ शुक्रबार  ६ : ४६ बजे