काठमाडौँ । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा आगजनी गरी क्षतिग्रस्त गरिएको सिंहदरबारको पुनर्निर्माण शुरु गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको पूर्वी भागमा पुनर्निर्माणको काम भइरहेको छ ।
आन्दोलनका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय क्षति भएसँगै हाल प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयको नवनिर्मित भवनमा बस्दै आएको छ।
आगामी ३ महिनाभित्र सक्ने गरी मर्मतको काम सुरू गरिएको हो।














