काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाविरुद्ध परेका रिट निवेदन दर्ता गर्न कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सदनमा आपत्ति जनाएको छ।
प्रतिनिधिसभाको जारी बैठकमा रास्वपा सांसद यज्ञमणि न्यौपानेले आपत्ति जनाएका हुन् ।
कामु प्रधानन्यायाधीश प्रधानले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिसविरुद्ध दायर दरपिठ निवेदन दर्ता गरेर पेसी तोक्न आदेश दिएकी थिइन् ।














