काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारलाई संसदप्रति जवाफदेही बन्न आग्रह गरेका छन् । ।
सोमवार प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले उक्त आग्रह गरेका हून ।
प्रमुख सचेतक दुलालले संसदीय व्यवस्थालाई जनताको समस्या समाधान गर्ने थलोको रुपमा स्थापित हुने गरी नियमावलीमा व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए ।
उनले भने, ‘संसदमा जनप्रतिनिधिले उठाएका जनताका भावनालाई सम्बोधन गर्नका लागि, सरकारलाई जवाफदेही बनाउनका लागि हामीले उठाएका आवाजका लागि गफ गर्ने थलो बनाउन हुँदैन् । प्रधानमन्त्री वा मन्त्रीलाई जवाफदेही एवम उत्तरदायी बनाउन नियमावलीले ख्याल गर्नु पर्दछ ।’
प्रमुख सचेतक दुलालले प्रधानमन्त्री र मन्त्रीहरुलाई संसदप्रति जवाफदेही बनाउने विषयमा पनि आवश्यक व्यवस्था गर्नुपर्ने आवश्यक्ता औल्याए ।














