काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहको राजीनामा माग गरेका छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकको शुरुमै बोल्दै उनले प्रधानमन्त्री साह संसदप्रति जवाफदेही नभएको भन्दै मार्ग प्रशस्त गर्दा राम्रो हुने धारणा राखेका हून् ।
उलने भने ‘प्रधानमन्त्री यो संसदको सदस्य हो कि होइन? यदि आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने मार्ग प्रस्त गर्दा हुन्छ। संसद प्रति जवाफदेही नहुने भए को प्रति हुने हो?’
संसदीय निमयावलीअनुसार सांसदहरुले राखेका प्रश्नको जवाफ दिन नसक्ने प्रधानमन्त्रीले राजीनामा दिँदा उपयुक्त हुने अध्यक्ष राईले रक्षा र गृह मन्त्रालय, सीमा सुरक्षा लगायतका विषयमा आफू र सांसदहरुले राखेका प्रश्नको जवाफ नदिएर प्रधानमन्त्री साहले संसदको गरिमामाथिनै धावा बोलिरहेको भन्दै आपत्ति जनाए।














