कोसी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्दै रवि



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आज कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्ने भएका छन् ।

कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म र मधेस प्रदेशका सांसदहरुसँग दिनको १ः३० बजेदेखि ३ः३० बजेसम्म छलफल हुनेछ ।

सांसदहरूबाट प्राप्त सल्लाह–सुझावका आधारमा पार्टी सभापति लामिछानेले सांसदहरूसँग छलफल गर्न लागेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ ८, २०८३ शुक्रबार  ७ : ४३ बजे