इरानसँगको शान्ति सम्झौता ‘लगभग टुङ्गिएको’ ट्रम्पको घोषणा



काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौताको मस्यौदा ‘लगभग तयार’ भएको घोषणा गरेका छन् ।

शनिवार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जानकारी दिँदै उनले अमेरिका, इरान र मध्यपूर्वका अन्य सम्बन्धित राष्ट्रहरूबीचको सहमतिमा यो सम्झौतालाई अन्तिम रूप दिन लागिएको बताएका हुन् ।

उक्त सम्झौताको एक महत्वपूर्ण हिस्साका रूपमा ‘स्ट्रेट अफ हर्मुज’ ९हर्मुज जलसन्धि० खुला गरिने ट्रम्पले उल्लेख गरे ।

सम्झौताका अन्तिम पक्ष र विस्तृत विवरणहरूमा हाल छलफल भइरहेको र यसबारे छिट्टै औपचारिक जानकारी सार्वजनिक गरिने उनले बताए ।

प्रकाशित मिति : जेष्ठ १०, २०८३ आईतबार  ९ : १८ बजे