काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पक्राउ पुर्जीविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइका लागि आज पेसी तोकिएको छ ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ ।
यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले देउवाको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो।
साथै, अदालतले पक्राउ पुर्जीविरुद्ध अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा थप छलफलका लागि दुवै पक्षलाई झिकाउने आदेश दिएको थियो। सोही आदेश अनुरूप आज संयुक्त इजलासमा बहस हुन लागेको हो।














