प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले गरे अवरोध



काठमाडौं । प्रतिनिधिसभा बैठक सञ्चालनमा विपक्षी सांसदले अवरोध गरेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को जवाफ माग गर्दै मंगलबार उनीहरूले सदन सञ्चालनमा अवरोध गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम सस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबारको सदनमा अवरोध गरेका हुन् ।

प्रतिनिधि सभा नियमावली २०७९ मा रहेको प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न माग गर्दै उनीहरूले अवरोध गरेका हुन् ।

प्रकाशित मिति : जेष्ठ १२, २०८३ मंगलबार  ३ : ०५ बजे