काठमाडौं । सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ ।
स्वास्थ्य बीमा बोर्डले आगामी जेठ १६ गतेदेखि निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिँदै आएका स्वास्थ्य बीमाका सेवा स्थगित गर्ने निर्णय गरेको हो ।
बोर्डमा बढ्दो वित्तीय संकटका कारण आकश्मिक बाहेकका सेवा रोक्ने निर्णय गरेको जनाइएको छ ।















