काठमाडौं । बिर्सनलायक प्रदर्शन गरेपछि नेपाली महिला टोली घरेलु मैदानमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको फाइनलमा पुग्न असफल भएको छ ।
त्रिपुरेश्वरमा बिहीवार भएको दोस्रो सेमिफाइनलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा निरिहपूर्ण नतिजा सुम्पिन बाध्य भएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भरिभराउ दर्शकको साथ पाए पनि नेपाली टोलीले आत्मबल नै गुमाएर प्रदर्शन ग¥यो ।
डिफेन्स, स्पाइक, ब्लक र सर्भिस कुनै पनि पक्षमा नेपाली खेलाडीको प्रदर्शन राम्रो रहेन । तीनै सेटमा इरानी टोली पूर्ण हाबी भएर खेल्यो ।
साथै उनीहरूको जोसिलो प्रदर्शनले भरिभराउ दर्शकको आवाज पनि शुन्य बनाइदियो । पहिलो सेटमा नेपालले चुनौती दिने प्रयास ग¥यो । तर यो सेट पनि २५–२० ले सहजै इरानको पक्षमा रह्यो ।














