खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी गराए । उनले खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै अगामी तीन वर्षभित्र कम्तिमा आठ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगाशालालाई फ्लडलाइटसहित स्तरोन्नति गरिने बताए ।

प्रमुख आठ शहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गरिने अर्थमन्त्री वाग्लेले बताए ।

प्रकाशित मिति : जेष्ठ १५, २०८३ शुक्रबार  ५ : ४५ बजे