प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा नियमावली उल्लंघन नभएको सभामुखको स्पष्टीकरण



काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा नियमावली उल्लंघन नभएको स्पष्ट पारेका छन्।

आईतवार बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सांसदहरूले नियमावली मिचिएको भन्दै आपत्ति जनाएपछि उहाँले यस्तो स्पष्टीकरण दिएका हून् । ।

बैठकको शुरुमा विशेष समय लिँदै सांसद युवराज दुलालले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६ (१) बमोजिम प्रधानमन्त्रीलाई प्रश्न सोध्नुभन्दा तीन दिन अगाडि नै लिखित जानकारी दिनुपर्ने र प्रश्नोत्तरका लागि एक घण्टा समय छुट्याइनुपर्ने प्रावधान मिचिएको भन्दै नियमापत्ति जनाएका थियो ।

उनले संविधान र नियमावली मिचिनु राष्ट्रका लागि दुःखद भएको टिप्पणी गरे ।

प्रकाशित मिति : जेष्ठ १७, २०८३ आईतबार  २ : ०६ बजे