अञ्जनीकुमार पोखरेल सशस्त्रको एआईजीमा बढुवा



काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेले जानकारी दिए ।

यसअघि गत जेठ ५ गते बसेको बढुवा समितिको बैठकले उनलाई एआईजी पदमा बढुवाका लागि सिफारिस गरेको थियो ।

गृह मन्त्रालयको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो ।

प्रकाशित मिति : जेष्ठ १९, २०८३ मंगलबार  १ : ३० बजे