काठमाडौं। भारतको औपचारिक भ्रमणमा रहेका नेपालको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ।
राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको यस भेटघाटमा नेपाल र भारतबीचको आपसी हित, साझा चासो र कूटनीतिक साझेदारीका विविध आयामहरूमा गहन छलफल भएको छ।
उनले लामिछानेसँगको भेटले आफूलाई खुसी तुल्याएको उल्लेख गरेका छन् । ‘साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्णरूपमा समर्थन गर्दछु’ मोदीले भनेका छन् ।
‘दुवै देशबीच रहेको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न हामी उत्सुक छौं,’ रविसँगको भेटपछि मोदीले फेसबुकमा लेखेका छन् ।














