काठमाडौं। राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाइएको हात्तीको दाह्रा चोरी गरेको आरोपमा प्रहरीले पाँच जना युवालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई दाह्राका टुक्राहरू र लागूऔषधसहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा काठमाडौंको मनमैजु बस्ने राजिब महर्जन, गोरखाका टेकप्रसाद गुरूङ, बसन्तपुर बस्ने आयुष महर्जन, बैतडीका पुरन बोहरा र गोरखाकै सन्तबहादुर भुजेल छन्।
उनीहरूले हात्तीको दाह्राको टुक्रा बनाएर खाली जग्गामा गाडेर राखेका थिए । उनीहरूको साथबाट लागुऔषध ट्रामाडोल समेत बरामद गरिएको छ ।














