शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ६ वटा उपसमिति गठन



काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ६ वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

बुधवार सिंहदरवारमा बसेको समितिको बैठकले समिति परामर्श तथा समन्वय उपसमिति, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, शिक्षा सम्बन्धि अध्ययन उपसमिति विज्ञान, प्रविधि तथा नवप्रवद्र्धन अध्ययन उपसमिति, सूचना तथा सञ्चार अध्ययन उपसमिति र खेलकुद अध्ययन उपसमिति गठन गरेको हो ।

जस अन्तर्गत समिति परामर्श तथा समन्वय उपसमितिमा सासदहरु डा। लेखजंग थापा, पुकार बम, प्रभा ढकाल, सीता थपलिया, रिङगला यादव, रमेशकुमार मल्ल, राधिका रम्तेल र महावीर पुन रहेको समितिकी सभापति डा। ओजश्वी शेरचनले जानकारी दिईन ।

प्रकाशित मिति : जेष्ठ २०, २०८३ बुधबार  ८ : ३१ बजे