नापी विभागले ल्यायो ‘मेरो कित्ता’ एप,जग्गाको नक्सा र फिल्डबुक अब मोबाइलमै



काठमाडौँ । जग्गाधनीहरूले अब जग्गासम्बन्धी विभिन्न सेवाहरू घरमै बसेर मोबाइल एपमार्फत लिन सक्ने भएका छन् । नापी विभागले नागरिकलाई प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यका साथ ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको हो ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको विशेष उपस्थितिमा आयोजित एक कार्यक्रमका बीच उक्त एप औपचारिक रूपमा सार्वजनिक गरिएको हो । नापी विभागका अनुसार यो एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध भइसकेको छ, जसलाई प्ले स्टोर र एप स्टोरबाट सहजै डाउनलोड गर्न सकिनेछ ।

यो एप सञ्चालनमा आएसँगै सर्वसाधारणले नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखांकनका लागि अनलाइनबाटै आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : जेष्ठ २१, २०८३ बिहीबार  ६ : ०३ बजे